समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २२ पुस ।
प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति प्रति नेकपाकै नेता रामचन्द्र झाले कडा आलोचना गरेका छन् ।
आईतबार जनकपुरधाममा नेकपाले आयोजना गरेको कार्यकर्ता भेलाको सम्बोधन गर्दै के पानीजहाज बालुवामा चल्छ भन्दै प्रम ओलीलाई प्रश्न गरेका छन् ।

कृषि प्रधान देश भनिने देशमा किसानको खेतमा अझै पानी पुगि नसकेको अवस्थामा प्रधानमन्त्री ओलीको पानीजहाज चलाउने अभिव्यक्ति हावादारी रहेको आरोप लगाएका छन् । पूर्वमन्त्री समेत रहेको नेता झाले भने, पछिल्लो समय प्रत्येक तहमा तीन गुणा बढीले भ्रष्टाचार बढको भन्दै भ्रष्टाचारले कम्युष्टि सरकारलाई लज्जित बनाएको टिप्पणी गरे ।

यस्तै प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सरकारको काम जनताले अनुभुती गर्न नसकेको भन्दै यसप्रति सरकारलाई गम्भीर हुनुपर्ने धारणा राखे । ‘सरकारको कामकारबाहीबाट हामी पनि सन्तुष्ट छैनौ तर पनि हिनता बोध नहोस भन्दै मन नमानेपनि सरकारलाई बचाउ गर्नमा लागेका हुन्छैँ ।’ कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका दर्जौनौ व्यक्तिरुलाई नेता नेपालले नेकपामा प्रवेश गराएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here