कारवाहीको अधिकार जिल्लाको छैन : चौधरी

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १२ पुस । प्रमुख सचेतक परमेशवर साहमाथी दुर्ववहार भएको घटना सार्वजनिक भएपछि प्रदेश नं. २ मा राजपा भित्र चुलिएको विवाद सतहमा आएको छ । प्रमुख सचेतक साहमाथी हातपात भएको घटनालाई लिएर राजापा दुई खेमामा बाँडिएको छ ।

राजापाका केन्द्रिय सदस्य संजय चौधरीले प्रमुख सचेतक साहलाई दुर्ववहार गरि उक्त घटनालाई मिडियामा अतिरञ्जित गरेका आरोप पार्टीका एकथरीका नेताहरुको छ भने केन्द्रिय सदस्य चौधरी पक्षका नेताहरूले हातपात नभएको दाबी गर्दै आएका छन् ।

राजापाका धनुषाका जिल्लास्तरीय एकथरी नेताहरूले हातपात गरि मिडियामा अतिरञ्जित गर्ने चौधरीमाथी कारवाहिको माग गरेका छन् । उनीहरुले चौधरी जिल्लास्तरीय नेता भएको र निजलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्न केन्द्रलाई पत्राचार गरेका छन् ।

तर, केन्द्रिय सदस्य चौधरीले आफुले प्रमुख सचेतक साहमाथी हातपात नगरेको दाबी गर्दै आएका छन् । उनले आफू हातपात नगरेको र हुदै नभएको घटनामा आफुलाइ कारवाही गर्ने अधिकार जिल्लालाई नभएको दावी गरेका हुन् ।

चौधरीले प्रमुख सचेतक साहसँग सामान्य विवाद भएको तर हातपात नै नभएको जिकिर गर्दै यो पार्टीको आन्तरिक कुरा रहेकोले मिडियामा ल्याउनु त्यति उपयुक्त नभएको गुनासो गरे ।

उनले जनकपुर टाइम्ससँग भने,-‘आफू केन्द्रिय स्तरको नेता भएकोले कारवाही गर्न र नगर्ने अधिकार केन्द्रमा रहेको छ, हुदै नभएको घटनामा आफ्नो चरित्र हत्या गरि पार्टीका जिलाका नेताहरूले राजनीतिक स्वार्थ पुरा गर्नलाइ अनावश्यक टिकाटिप्पणी गर्नु आवश्यक छैन ।’ उनले यो अधिकार जिल्ला सँग नरहेको जिकिर पनि गरे ।

राजापाभित्रै केन्द्रिय सदस्य चौधरी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो निकट छन् भने प्रमुख सचेतक साह अध्यक्ष मण्डलका सदस्य एवम् पुर्व संयोजक महन्त ठाकुर निकट हुन् । चौधरी २०७४ को संसदीय निर्वाचनताका महतोलाई धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा जिताउन महत्त्वपूर्ण भुमिका खेलेकोले पनि राजापा वृत्तमा चर्चित अनुहार हुन् ।

केन्द्रिय सदस्य चौधरीले आफू पार्टीको स्थापनाकाल देखी नै केन्द्रिय सदस्य रहेको दाबी गर्दै जनकपुर टाइम्सलाई आफ्नो परिचय पत्र समेत उपलब्ध गराएका छन् । उनले अगाडि भने,-‘आफू सदैव मधेस मुक्तिका लागी पार्टीको सिपाही बनेर लडाइँ लडेको स्मरण गर्दै आफू पार्टीको कुन तहको नेता हुँ भन्ने कसै सँग लुकेको विषय होईन, तसर्थ यो विषयमा धेरै टिकाटिप्पणी गर्न चाहन्न र यो आवश्यक पनि छैन ।’ उनले आफू केन्द्रिय सदस्यकै हैसियतमा पार्टीको विभिन्न कार्यक्रमहरुमा समेत उपस्थित हुने गरेको बताए ।

उनले आफुलाइ कारवाही गर्ने नगर्ने अधिकार केन्द्रको रहेको भन्दै कारवाही भएपनी नभएपनी आफू सदैव मधेसी जनताको मुक्तिका लागि पार्टीको सिपाही भएर काम गर्ने उल्लेख गरे ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here