समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, १३ फागुन।
प्रदेश २ प्रदेशसभाको दोश्रो अधिवेशन समाप्त भएको छ । प्रदेश सचिवालयको अनुसार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसद सचिवालयलाई आईतवार साँझ औपचारिक पत्र पठाएर १२ गते मध्यरातबाट दोश्रो अधिवेशन समाप्त भएको जनाएको छ ।


गत जेष्ठ ३ गतेबाट सुरु भएको दोश्रो हिउँदे अधिवेशनमा ४८ वटा बैठक बसेको र १४ वटा विधेयक पारित भएको संसद सचिवालयका उप–सचिव रञ्जित यादवले जानकारी दिए । नेपालको संविधानको धारा १८३ को उपधारा९२० बमोजिम अन्त्य प्रदेश सभाको दोश्रो अधिवेशन समाप्त भएको सचिवालयले जनाएको छ ।

प्रदेश सभाकार्य संचालन नियमावली २०७५ को नियम ३ को उपनियम ९३० बमोजिम वैठक स्थगीतको सूचना प्रदेशसभाले जारी गरेको छ । प्रदेश सभाको पछिल्लो वैठक माघ ४ गते बसेको थियो । सो वैठकमा नेपाली कांग्रेसका सांसदहरुले विरगञ्ज स्थित विपी कोईराला उद्यानमा प्रदेश सरकारले शहिद पार्क निर्माणको लागि शिलान्यास गरेको भन्दै वैठक नै अवरुद्ध गरेको थियो । बिवादका कारण स्थगित हुन पुगेको प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले अर्को वैठक फागुन १५ गतेका लागि डाकेका थिए । तर फागुन १५ गते आउनु अगावै प्रदेश प्रमुख कायस्थले मध्यरातमा पत्र पठाएपछि अब सभामुख यादवले डाकेको वैठक तेश्रो अधिवेशन सुचारु नभएसम्म स्थगित रहेन जनाएको छ ।

हाल सम्म प्रदेश सभाले ७ वटा समिति मध्ये ६ वटा समितिको सभापति सर्वसम्मत सभापति चयन गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपाको आन्तरिक विवादको कारण लेखा समितिको सभापति चयन हुन सकेको छैन् ।

दुईवटा अधिवेशन सम्पन्न भएपनि प्रदेश सरकारले प्रदेशको नाम, राजधानी र भाषाको सम्बन्धी विधेयक प्रदेशसभामा अहिले सम्म पनि पेस गर्न सकेका छैनन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशनको अन्त्य गर्ने चलन छ । प्रदेश सरकारले उपलब्ध गराउने विजनेशबाट प्रदेशसभा चल्ने भएकाले सरकारकै सिफारिसमा अन्त्य हुने प्रावधान छ ।

यता प्रदेश सरकारले तेश्रो अधिवेशनको तिथि मिति तय गरेपछि मन्त्री परिषदबाट पास गराई प्रदेश प्रमुख मार्फत प्रदेशसभामा पेश हुने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here