समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २४ पुस ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश नं. २ लाई अब देशको सबैभन्दा समृद्ध तथा शिक्षित प्रदेश बनाउने अभियान लागेको बताएका छन् ।

उनले मन्त्री यादवले धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ६ को सिरसियामा समाजवादी युवा फोरम नेपालको वडास्तरीय भेलाको उद्घाटन गर्दै यतिखेर प्रदेश सरकारले कानूनको निर्माणमा तीब्रता दिएको पनि बताए ।

प्रदेश सञ्चालनका लागि तथा प्रदेशलाई समृद्ध बनाउनका लागि कानूनको आवश्यकता रहेकाले प्रदेश सरकारले चाहिने जति सबै कानूनको निर्माणमा सक्रिय भएको बताए ।

प्रदेश २ लाई विभेदरहित प्रदेश निर्माणका लागि नै जनसंख्याको आधारमा सरकारी सेवामा सहभागि गराउनका लागि कानूनको निर्माण गरेर संघीय यसरकारलाई पनि त्यस्तो कानून ल्याउनका लागि कडा चुनौति पनि दिए ।

मधेशका जनतालाई ठगेर सत्ता तथा सरकारमा पुगेका यसै क्षेत्रका ठूला नेताले पनि मधेशी जनताको माग सम्बोधनका लागि ईमान्दार नभएकाले सचेत रहन आग्रह गर्दै संघीय समाजवादी फोरम नेपालले मधेशीलाई मात्र होईन पहाडको आदीवासी तथा जनजातिहरुलाई पनि अधिकार दिलाउन लडेको बताए । अहिले पनि पार्टी सडक, सदन तथा सरकारमा रहेर मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि कामकाज गरिरहेको बताउदै खस तथा नोकरशाह सँग सावधान रहन पनि मन्त्री यादवले बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले मधेश प्रदेश राजनीतिक विषय भएकाले यसलाई गौरवशाली ईतिहास बोकेको मिथिला, जनक तथा जानकी सँग जोडेर अपमान नगर्न आग्रह गरे ।

मिथिला, जनक तथा जानकी हाम्रो गौरव भएकाले यसलाई राजनीतिकमा नघचेट्न आग्रह गर्दै पहाडी वर्गको चाकडी तथा चाप्लुसी गर्नेसंग सावधान रहनपनि रायले आग्रह गरे । फोरमका युवा नेत्री सीता देवी यादवले फोरमको आन्दोलन तथा सोचका कारण नै मधेशी जनता अहिले शासक बन्न पाएको बताउदै अब मधेशमा कुनै पनि जात वर्ग एवं समुदायको व्यक्ति उपेक्षा भावले अगाडी बढ्ने अवस्था नभएको बताइन ।

विमरोश कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेश सभा सदस्य चमेली देवी दास, केन्द्रीय सदस्य साधु यादव, लालबाबु यादव, प्रदेश सदस्य लालजी शरण यादव, शत्रुधन यादवले पनि बोलेका थिए ।

वडास्तरीय अधिवेशनवाट विमरोश कुमार यादवको अध्यक्षतामा २१ सदस्यीय युवा फोरमको युवा कमिटी गठन भएको छ ।

युवा कमिटीको उपाध्यक्षमा तपेश्वर यादव, कोषाध्यक्षमा राजेश शंकर यादव, सचिवमा सत्यम यादव, सहसचिवमा मनोज राम सहितका २१ सदस्यीय वडा कमिटी गठन भएको हो ।

भेलाबाट महिला तथा अन्य युवा कमिटी पनि गठन गरिछ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here