विमाको रकम २० वर्ष पछि सेवाग्राहीले एकमुष्ट १ लाख रकम प्राप्त गर्ने

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १६ माघ ।

प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको बेटी शिक्षा विमाको लागि प्रदेश सरकार र प्रभु बैंक बीच आज सम्झौता भएको छ ।

माघ १ गते देखी जन्मिएको छोरीलाई प्रदेश सरकारले एक लाखको शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप भएको उक्त सम्झौता पत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको हो ।
सम्झौता पत्रमा प्रदेश सरकारको तर्फ बाट मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बैकका तर्फ बाट सहायक महाप्रवन्धक अशोक खडगीले हस्ताक्षर गरेका छन् ।

प्रदेश सरकार र बैंक बीच भएको सम्झौता अनुरुप लागु भएको पालिकाहरुका नवजात छोरी शिशुको अभिभावकले ६ महिना भित्र आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निवेदन दिनुपर्ने छ । मुद्दती खाता मार्फत गरिने उक्त विमाको रकम २० वर्ष पछि सेवाग्राहीले एकमुष्ट १ लाख रकम प्राप्त गर्ने छ ।

तर, खातावालाले बीचमै पढाई छोडेमा २० वर्ष नपुगी विहे गरेमा वा वेपता भएको प्रमाणित भएमा खातामा जम्मा भएको रकम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कोषमा जम्मा हुने गरि फिर्ता हुने व्यवस्था समेत गरिएको छ ।

खातावाला छोरीको मृत्यु भएका वा निजलाई असाध्य कडा रोग लोको व्यहोरा प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएको अवस्थामा वालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिशमा खातामा जम्मा भएको रकमको सावा व्याज प्राप्त गर्न सकिने छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

1 COMMENT

  1. जन्मसिद नागरिता को कानुन कैले आउँछ नागरिता न भयर धैरे अपठारो छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here