माघ १ र ५ गते सार्वजनिक विदा हुने

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १९ पुस ।
प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ ।

संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवंम्आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाएका छन् ।

त्यसैगरी प्रदेश सरकारले माघ १ गते मकर संक्रान्ति (माघी) पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यस्तै मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

२०६३ साल माघ ५ गते मधेश विद्रोहको क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत दिएको दिनलाई मधेशमा बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here