उद्यम कार्यक्रमका लागि संस्था छनोटमा रकम चलखेलको आशंका

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २९ पुस ।

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले एक सचिवमाथि हातपात गरेका छन् ।

उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आर्थिक मामिला तथा योजना मन्त्रालयमा हातपात गरेका हुन् ।

संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत गरिबी निवारण उद्यम कार्यक्रमका लागि गैर सरकारी संस्था (एनजीओ) छनौट प्रक्रिया विवादमा मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताएका छन् ।

प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि मन्त्री यादवले आफु माथि जाईलागेको सचिव झाले सुनाए ।

प्रदेश नम्बर २ को ८ वटै जिल्लामा उद्यम क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले आह्वान गरेको सूचना बमोजिम १ सय ९३ गैरसरकारी संस्था(एनजीओ)हरुले आशय पत्र बुझाएका थिए । उक्त संस्थाहरु मध्ये ४० वटा संस्था छनोट भएका छन् ।

मन्त्रीको हातपात पश्चात सचिव झा मन्त्रालयको मूल ढोकामा धर्ना दिएपछि प्रहरीले नियन्त्रणमा लिएका छन् । सचिव झालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा आएर सचिव झाले सभामुख यादव तथा मन्त्रीको पदिय र्मयादा विपरित गतिविधि गरेपछि समान्य विवाद उत्पन्न भएको मन्त्री यादवको स्वीकारोक्तिछ ।
सचिव झाले मन्त्रीले कुटपिट गरेर दावी गरिरहँदा मन्त्री यादवले समान्य विवाद मात्र भएको, कुटपिट नगरेको जिकिर गरेपछि यो विवाद झन उग्रह बनेको छ । मन्त्री र सचिवको विवादले उक्त कार्यक्रमका लागि संस्था छनोटमा रकम चलखेल भएको आशंका उत्पन्न गरिएको छ ।
विवाद लगतै प्रदेश २ को मन्त्री स्तरिय बैठक समेत बोलाईएको छ ।

यस अघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता पठाएका थिए । वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा हाजिर भएका हुन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here