समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १६ पुस ।
प्रदेश नं. २ का प्रदेश प्रमुख र प्रधानसेनापतिबीच सोमबार भेटवार्ता भएको छ ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पुर्णचन्द्र थापा बिच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन् ।

सो भेटमा प्रदेश नं. २ मा विकास कार्यमा हुन सक्ने सेनाको भुमिका बिषयमा कुराकानी भएको छ । साथै सो भेटका क्रममा प्रधानसेनापति थापाले प्रदेश २ मा महोतरीको बर्दिबास स्थित सैनिक बिद्यालय तथा सैनिक अस्पताल सँचालन हुने जानकारी दिएका छन् ।

हाल बढ्दो समस्याका रुपमा रहेको युवा पलायनलाई रोक्न रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याउने बताए ।

त्यस्तै, तराई मधेशका चाडपर्व तथा सांस्कृतिक रितिरिवाज जस्ता कुराहरुलाई बिभिन्न कार्यक्रमहरुका माध्ययमबाट पहाड तथा हिमालमा समेत झल्काउने
बताए । साथै उहाँले पहाड र हिमालका सँस्कृतिहरुलाई तराई मधेशमा चित्रण गरिने समेत
बताए ।

बिहान करिब आधा घण्टा भएको भेटवार्ताका क्रममा मोबाईल अस्पताल मार्फत स्वास्थ्य सेवा सँचालन गरिने प्रधानसेनापति थापाले
बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here