समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, १२ पुस ।

प्रदेश नं. २ लाई स्वास्थ्यको क्षेत्रमा नमूना प्रदेश बनाउन जिम्मेवारी हेल्थ असिस्टेन्ट कर्मचारीहरुको रहेको समाजिक विकास मन्त्री नवल किशोर साहले बताएका छन्् ।
जनकपुरधाममा विहिवार हेल्थ असिस्टेन्ट संघ नेपालद्वारा आयोजित ‘प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया’ कार्यक्रमम मन्त्री साहले सो कुरा बताएका हुन । उनले प्रदेश २ को स्वस्थ्यकर्मी साथीहरु देशभरि भएपनि आफ्नै प्रदेशमा स्वस्थ्य सेवा दिन कमजोर परेको औल्याउँदै भने, ‘यो प्रदेशमा स्वस्थ्यको डाटा हेर्ने हो शिशु मृत्युदरबाट स्पष्ट हुन्छ । शिशु मृत्युदरले यो प्रदेश स्वस्थ्य क्षेत्रमा निक्कै पछाडि परेको स्पष्ट देखिएको हो ।’
मन्त्री साहले हेल्थ असिस्टेन्टहरुको हकहितका लागि प्रदेश सरकार काँधमा काँध मिलाएर चल्ने तयार रहेको भन्दै इमान्दारी पूर्वक बिरामीहरुको सेवामा लाग्न आग्रह पनि गरेका छन्् । उनले राम्रो संगठन बनाएर यस प्रदेशलाई स्वास्थ्य क्षेत्रमा राम्रो पहिचान बनाउन आग्रह पनि गरेका छन्् ।
त्यस्तै सप्तरी संघ नेपालका कार्यवाहक अध्यक्ष वीरेन्द्र यादवले कार्यपत्र प्रस्तुत गरेका छन्् । उनले कार्यपत्रमा संघको उद्देश्य, नेपालमा स्वास्थ्य जनशिक्तको अवस्था, व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी जानकारी गराएका छन्् ।
भेला तथा अन्तरक्रिया कार्यक्रममा आठवटै जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको छ । प्रथम प्रदेश स्तरीय भेला तथा अन्तरिक्रया कार्यक्रमबाट घोषणापत्र समेत तयार गर्ने केन्द्रिय सदस्य दीपेन्द्र खड््काले बताएका छन्् । कार्यक्रममा प्रदेश नं. २ का स्वास्थ्य निर्देशनालयका निर्देशक प्रमोद यादव सहितले आ आफ्ना धारणा राखेका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here