समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

राम नारायण पंडित

सिरहा, २० माघ ।

सिरहाको व्यापारीक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औधोगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरिय महोत्सव २०७५ हुने भएको छ ।

प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखी शुरु हुने औधोगिक महोत्सवमा कृषिका औजार सामाग्रीदेखि स्थानिय कला संस्कृति प्रदर्शनी हुने आयोजक उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए ।

महोत्सवको उद्घाटन कसले गर्ने बारे निर्णय हुन् बाँकी रहेपनि नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) र प्रदेश न. २ का मुख्य मन्त्रि लालबाबु राउतको बिषयमा गृहकार्य भईरहेको आयोजकको दाबी रहेको छ । महोत्सवको उदघाटन प्रचण्ड गर्ने प्रवल सम्भावन रहेको समेत आयोजक बताए ।

महोत्सवमा स्थानियको साथै राष्ट्रिय स्तरका कालाकारहरुको धमाकेदार प्रस्तुति रहने छ । महोत्सव फाल्गुन ७ गतेसम्म चल्ने आयोजकले बताए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here