समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, पुस ३० ।

पर्सा जिल्लाको बिरगञ्ज बसपार्क सडक खण्डबाट लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका वडा नं. १६, बसपार्क स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका वडा नं. १४ बल्खु बस्ने ४० बर्ष बिमल रोक्का रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । भारत रक्सौलबाट उत्तर बीरगञ्ज तर्फ पैदल हिडी आउदै गरेका रोक्काको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन ३३ पिस, नुर्फिन ३ पिस र डाईजिल्याव ३३ पिस फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्साको बसपार्क प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले रोक्कालाई लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here