समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, १ चैत ।

आफ्नो पक्षमा माहोल बनाउन मधेश झरेका पूर्वराजा ज्ञानेन्द्र साह आज जानकी मन्दिरमा पूजा अर्चना गर्ने भएका छन् । वुधबार जनकपुर आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई तराई–मधेसको धार्मिक भ्रमणका क्रममा जनकपुरधाममा उनलाई स्थानीयले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगबा लगायतको स्थानमा आफ्ना समर्थकहरुलाई भेटघाट गरेका थिए ।

फागुन ३० गते सर्लाहीको प्रसिद्ध दुर्गा मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र साह पूजा अर्चना गरेका थिए ।
यस्तै बिहीबार साँझ पुनः जनकपुर फर्केका राजा ज्ञानेन्द्र आज शुक्रबार ३ बजे जानकी मन्दिमा पूजाअर्चना गर्नुको साथै आफ्ना समर्थकहरुसंग भेट्ने कार्यक्रम रहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here