समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं, ३ पुस । । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।

आफ्नै निवास बूढानीलकण्ठमा उहाँको निधन भयो । कलेजो सम्बन्धि समस्याले ग्रसित ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । कलेजोमा क्यान्सर रोग लागेका उहाँ यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उहाँको देहान्त भएको हो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here