समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा, ४ माघ ।
सिरहाको गोलबजार नगरपालिकामा २ दिने ‘बृहत्त शैक्षिक विद्यार्थी मेला’ सुरु भएको छ । गोलबजार नगरपालिका वडा नं. ३ जम्दहमा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने लक्ष्यसहित आरम्भ साईन्स एण्ड कल्चर कल्बद्धारा आयोजित दुई दिने शैक्षिक मेला शुक्रबारदेखि सुरु भएको हो ।
क्लबले ‘परिवर्तनका लागि शिक्षा, शिक्षाका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ शुक्रवार नै जम्दहमा पुस्तकालय स्थापना गरेको छ । पुस्तकालय स्थापनाकै अवसर पारेर शैक्षिक मेला आयोजना गरिएको क्लबले जनाएको छ ।

पुस्तकालयको उद्घाट गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गरे । पुस्तकालयका लागि क्लबका सदस्यहरुले आफू अध्ययनरत काठमाडौं, धरान, विराटनगरलगायतका ठाउँहरुबाट पुस्तक संकलन गरेर ल्याएका छन् । मेयर साहले क्लबको प्रशंसा गर्दै आउँदा दिनहरुमा सक्ने सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता पनि जनाए । समाजमा शिक्षाको ज्योति छर्न क्लबका युवाहरुले अहोरात खटेर पुस्तक संकलन गरी पुस्तकालय स्थापना गर्न भ्याएको प्रयासलाई सबैले खुलेरै प्रशंसा गरेका थिए ।
सिरहाको शैक्षिक स्तर सुधार गर्ने उद्देश्य सहित शुक्रवार देखी सुरु भएको शैक्षिक मेलामा २ दिने हाजिरी जवाफ प्रतियोगिता समेत सुरु भएको छ भने मेलामा आज रँगोली समेत झल्काइएको छ । मेलामा डकुमेन्ट्री प्रेजेन्टेसन सँगै सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजन गरिएको क्लबका अध्यक्ष रामकुमार यादवले बताए ।
शनिवार मेला सम्पन्न हुनेछ । हाजिरी जवाफ प्रतियोगिताका उत्कृष्ट विजेता १५ जना विद्यार्थीहरुलाई काठमाडौं, बिराटनगर, जनकपुर र सिरहा जिल्लाको विभिन्न कलेजहरुमा उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने व्यवस्था मिलाइएको क्लबले जनाएको छ । कार्यक्रममा नगरप्रमुख, उप–प्रमुख, जिल्ला शिक्षा अधिकारी, वडाध्यक्ष, जिल्लाभरीका विद्यालयहरुका विद्यार्थी तथा शिक्षकहरु लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here