समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रबिन्द्र यादव

नवलपरासी पश्चिम, ९ चैत ।

धोबहा खोलामा पुल बनेपछि प्रतापपुर गाउँपालिका–८ पिपरपातीका बासिन्दा खुशी भएका छन् ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ८ र सुस्ता गाउँपालिका वडा नम्बर ४ जोड्ने कज्बे पुलको निर्माण कार्य सकिन लागेको छ । उक्त कज्बे पुल प्रतापपुर गाउँपालिकाको रु ४० लाखमा सम्पन्न हुन लागेको हो । गत अार्थिक बर्ष ४० लाख विनियोजन भएकोमा सो रकम अपुग भएको भन्दै उपभोक्ता समिति बाट काम सम्पन्न गर्न दस लाख रकम थप माग भएको सम्बन्धमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भएको छ ।

उता प्रशासकीय अधिकृत बोधराज बस्यालले स्थगल अनुगमन तथा प्राविधिक मुल्यांकनको अाधारमा केही रकम थप्ने अावश्यकता अाए गाउँपालिका थप्न सक्ने बताए । खोला तर्न नसक्दा वारिका बासिन्दा वारि र पारिका बासिन्दा पारि नै बस्नु पर्ने बाध्यता रहदै आएको थियो भने खेतीपाती गर्न तथा गाई भैंसी चराउन जाने किसानहरुलाई अावतजावतमा बर्षयातमा खोला तर्दै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियोे ।

उक्त खोला तरेर अावतजावत गर्दा कम्तीमा दस भन्दा बढि स्थानियको डुबेर ज्यान समेत गइसकेको वडा सदस्य निजामुदिन मियाले बताउँछन् ।

पुल बने संगै अब बाध्यता हटेकोमा स्थानीय जनतामा खुशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here