समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । परीक्षा रद्द गरेको विरोधमा जनकपुर सहित प्रदेशको विभिन्न ठाउँमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरिरहेको छ ।

प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि आजको अनिवार्य समाजिक विषयको रेगुलर तर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ । नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् ।

विद्यार्थीको भविष्यसंग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा आज विहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

राजमार्गम टायर बालेर प्रदर्शन

परीक्षा रद्द गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबारको पनि परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् ।

शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।

विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here