समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ पुस ।
पत्रकार अजयकुमार साहलाई नेपाल प्रेस युनियन धनुषाको नवौं अधिवेशनको अवसरमा उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०७५ ले सम्मानित गरिएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर निवासी पत्रकार साहले जनकपुर क्षेत्रलाई आधार बनाई विगत दुई दशक बढि देखि पत्रकारिता गर्दै आएका छन् ।

समाजशास्त्र र राजनीतिशास्त्रमा स्नोत्कोत्तर साह हाल खबर दर्पण दैनिक, शिरीष साप्ताहिक र शिरीष न्युजडटकमका सम्पादक हुन् ।

राष्ट्रिय समाचार समिति(रासस) धनुषाका प्रतिनिधि र नेपाललाईभ डटकममा समेत आबद्ध पत्रकार साहको लेख, रचनाहरु विभिन्न संचारमाध्यमहरु प्राथमिकताका साथ प्रकाशन–प्रशारण हुने गर्दछ ।
उनले धनुषाको सदरमुकाम जनकपुर भन्दा बाहिर ग्रामिण क्षेत्रलाई आधार बनाई पत्रकारिता गर्दै आएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here