समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । पार्टी केन्द्रीय निर्देशानुसार आज देशभर पार्टीको भातृ संगठन नेवी संघको स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजन गरी कांग्रेसले मनाउदै छ ।

नेपाली कांग्रेशका भातृ संगठन नेपाल विधार्थी संघको ४९ औ स्थापना दिवशको अवशर पाररे धनुषामा वृक्षारोपण गरी मनाईएको छ ।

वृक्षारोपण कार्यक्रमको अवशर पारेर ’वर्तमान सरकारको लोकतंत्र विरोधी गतिविधी’को पर्दाफाश गर्न कांग्रेस नेता रामसरोज यादवले भातृ संगठनहरुलाइ निर्देशन दिएका छन् ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यादवले नेवी संघ धनुषालाइ जनताको पक्षमा कार्य गर्न र वर्तमान सरकारको गलत क्रिया कलाप विरुद्ध भण्डापःाेर गर्न समेत आग्रह गरेका थिए ।

धनुषा जिल्ला पार्टी कार्यालय परिषरमा नेपाली कांग्रेश प्रदेश २ संसदियदलका नेता राम सरोज यादवको प्रमुख अतिथि बनाएर वृक्षा रोपण सम्पन्न गरेको हो ।

सबै स्थानमा जिल्लाको निर्णय अनुसार देश भर कार्यक्रम भई रहेको तर धनुषामा हामीले वृक्षारोपण गरी नै स्थापना दिवस मनाएको धनुषा नेवी संघ अध्यक्ष सुजीत मिश्रले बताएका छन ।

नेवी संघ धनुषाका अध्यक्ष सुजीत कुमार मिश्रको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा धनुषा जिल्ला पार्टी सभापति महेश शंकर गिरी, प्रतिनिधि सभा सदस्य स्मृत्ति नारायण चौधरी, क्षेत्र ३ का क्षेत्रीय सभापति कन्हैया लाल कर्ण, नगर अध्यक्ष मनोज साह, काँग्रेस नेता प्रफुल्ल घिमिरे, शिवजी राय, जिबनाथ चौधरी, तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम साह लगायत तीन दर्जन बढ़ी नेताको उपस्थिति रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here