समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । परिक्षा अगावै एसईई परिक्षाको प्रश्नपत्र प्रदेश २ बाट आउट भएपछि प्रदेश २ का विद्यार्थीहरु आन्दोलित भएका छन् ।

शुक्रबार बिहानै देखि विद्यार्थीहरुले प्रदर्शन तथा नारावाजी गरिरहेका छन् । यता नेपाली कांग्रेसका भातृसंगठन नेविसंघले प्रश्नपत्र आउट भएको विषयलाई सत्यतथ्य अनुसन्धान गरि दोषीमाथी कडा कारवाहीको माग गरेका छन् ।

उसले तत्काल संघीय शिक्षामन्त्री र प्रदेशका सामाजिक विकास मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दा संघले दोषीमाथि कडा भन्दा कडा कारबाही नगरे आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here