समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले तेस्रो जित हात पारेको छ ।

मंगलबार भएको खेलमा नेपालले ओमानलाई १ सय ५० रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रन बनाए भने प्रतिश जिसीले ४१ र भीम सार्कीले ३९ रनको योगदान दिए ।

जवाफमा ब्याटिङमा उत्रिएको ओमान ७९ रनमा अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न पवन सर्राफले ३, प्रतिश जिसी र सूर्य तामाङले २–२ र कुशल मल्ल, भीम सार्की र कमल सिंह ऐरीले समान १–१ विकेट लिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here