समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २३ पुस ।
गरिव, विपन्न, असहाय तथा प्रतिकुल समय र मौसममा आवयश्क परेका व्यक्तिहरुलाई लगाउने कपडाको निशुल्क व्यवस्थापनका लागि क्लोथ बैंक धनुषाको स्थापना गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको पहलमा उहाँ समेत सल्लाहकार रहने गरि राजिव झाको नेतृत्वमा सात सदस्सीय क्लोथ बैंक धनुषाको गठन भएको छ ।

बैंकको उपाध्यक्षमा शुनिल चौधरी, सचिव पुरन साह र कोषाध्यक्षमा सुरेश शर्मा चयन भएका छन् । त्यसैगरि एकजना महिला सदस्य तत्काल खाली राखि अर्का सदस्यहरुमा पारष जैन र जनक राय चयन भएका हुन । प्रमुख जिल्ला अधिकारी, धनुषाका चारवटैै सुरक्षा निकायका प्रमुखहरु सहित विभिन्न संघ संस्थाहरुको उपस्थितीमा भएको बैठकले बैंकको स्थापना गरेको छ ।

बैंकको सल्लाहकार समितीमा प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, जनकपुर जेसिज, प्यावसन, एनप्यावसन, एम प्यावसन र हिसानका प्रतिनिधीहरु र नागरिक समाजका अगुवा राम रत्न मिश्र सल्लाहकार समितिमा चयन भएको छ ।

बैंकले चिसोका लागि न्यानो कपडाका साथै जिउमा लगाउने कुनै पनि प्रकारको लुगा संकलन गर्ने र आवयश्क रहेका व्यतिmलाई उनको सम्पुर्ण विवरण लिएर हस्ताक्षर गराइ वितरण गर्ने छ ।

चिसो प्रभावितहरुलाई राहत होस भन्ने उद्देश्यले बैंकको स्थापना गरिएपनि गरिव विद्यार्थीको विद्यालय पोशाक सहित प्रभाव क्षेत्रलाई विस्तार गर्दै एक उदाहरनिय परोपकारी संस्थाको रुपमा स्थापित गर्ने उद्देश्य रहेको अध्यक्षमा चयन भएका झाले बताए ।

बैंकले लुगा संकलन गर्ने क्रममा दाताको नाम र वितरण गरिएकाहरुको रेकर्ड राख्ने छ ।

साथै सम्पुर्ण नगरपालिका र गाँउपालिकासंग विवरण संकलन गरि आवयश्क रहेको समुदाय र व्यतिmलाई लुगा वितरण गर्नेछ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here