समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नयाँ वर्ष २०७६ सालमा बैंक खाता खोल्नेले खातामै एक सय रुपैयाँ पाउने भएका छन्।

हालसम्म खाता नखोलेका नेपाली नागरिकले वाणिज्य, विकास बैंक तथा ग वर्गका फाइनान्स कम्पनीहरुमा खाता खोल्दा एक सय रुपैयाँ खातामै पाउने भएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ‘खोलौँ खाता अभियान’ अन्तर्गत यस्तो व्यवस्था मिलाएको हो। बैंकहरुले सामाजिक उत्तरदायित्वमार्फत सो रकमको व्यवस्थापन गर्न सक्ने छन्।

सरकारले यस आर्थिक वर्षको बजेटमार्फत सबै नेपालीको बैंक खाताको अभियान चलाउने घोषणा गरेको थियो। सोही अनुरुप राष्ट्र बैंकले हालसम्म खाता नखोलेका दुर दराजमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै बैंकहरुलाई सरलीकृत रुपमा खाता खोलिदिन निर्देशन दिएको हो।

नयाँ वर्षका दिन पनि बैंकहरुले कार्यालय खोलेर राष्ट्र बैंकको अभियानलाई सघाउने प्रतिबद्धता जनाएका छन्। खाताका लागि सरलीकृत फारमको समेत व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

जसअन्तर्गत ग्राहकले पहिचान तथा सम्पुष्टि हुनेगरी नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारीको लाइसेन्स भए पुग्नेछ।

यस्तो खाताबाट एक पटकमा एक लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here