नगरमा विश्वकै सबैभन्दा बिशाल सितामाताको मुर्ति निर्माणको कार्य सूरु

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ३ माघ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा अध्यनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गर्ने भएको छ ।

नगरपालिकाका विभिन्न गाउँ र टोलहरुबाट घण्टौं समय लगाएर विद्यालयमा अध्ययन गर्न जान र आउन बाध्यता भएका एवं कक्षा ८ पास गरि कक्षा ९ मा गएका नगरपालिका क्षेत्र भित्रका ५ वटा माध्यमिक विद्यालयमा र १ वटा निम्न माध्यमिक विद्यालयमा अध्यनरत लगभग ३ सय भन्दा बढी छात्राहरुलाइ साइकल वितरण गर्न लागिएको नगर प्रमुख योगेन्द्र पजियारले जानकारी दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानलाई सार्थक तुल्याउन टाढा टाढाबाट पढ्न आउने गरीब, दलित तथा जेहन्दार छात्राहरु छात्राहरुलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिने नगर प्रमुख पजियारले बताए । उनले ‘तराईका मधेसी समाजमा छोरीलाई पनि छोरा सरह पढाउनु पर्छ’ भन्ने नकारात्मक सोंचका कारण विधालय नपठाउने र विधालयहरु पनि टाढा पर्ने भएकोले केही हदसम्म विधालय आवतजावत गर्न सजिलो होस् र अगाडिको उच्च शिक्षा हासिल गर्न अभिभावकहरु पनि छोरीलाई विधालय पठाउन तयार होस् भन्ने उदेश्यका साथ छात्राहरुलाई साइकल बाँड्न लागेको बताए ।

देशका कर्णधार विद्यार्थीहरुनै भएकाले अहिले उनीहरुलाई विद्यालय जानका लागि कष्ट भोग्न नपरोस् भनेर नगरपालिकाबाट बजेट विनियोजनै गरी साइकल वितरण अभियान शुरु गरेका छौं, नगर प्रमुख पजियारले बताए ।

नगरपालिकाले साइकलको व्यवस्था गरेपछि विद्यार्थीहरुको पढाईमा समेत सुधार हुने तथा हिँडेर थकाई लागेका र पढ्न मन नलागेका विद्यार्थीहरुको पढाइमा समेत सुधार आउने नगरपालिका ५ का एक अभिभावक घुरन यादवले बताउछन् ।

नगर प्रमुखले नगरकार्यपालिकाको माघ २ गतेको बैठकबाट साइकल बाड्ने निर्णय गरेको हुँदा अब नगरका सम्पूर्ण माध्यमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालयमा छात्राहरुको विवरण पठाउनको लागि परिपत्र गरिने र विवरण प्राप्त हुने बित्तिकै बैशाखमा छात्राहरुलाई नयाँ बर्षको उपहार स्वरुप साइकल वितरण गरिने बताए ।

नगरपालिकाले साईकल बितरण गरेपछि नगरमा महिलाको साक्षरता दर समेत बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले बताए ।

यसका साथसाथै नगरपालिकाले विकास निर्माणको कामलाई पनि तिब्र गतिमा अगाडि बढाइरहेको छ । साथै नगरपालिकाको वडा नं.५ मा विश्वकै सबैभन्दा बिशाल सितामाताको मुर्ति बनाउने कार्य पनि सुरु गरिसकेको प्रमुख पजियारले बताए ।

मेयरले के भने हेर्नुहोस भिडियोमा जस्ताको त्यस्तै :-

https://www.youtube.com/watch?v=sV2BTXCZZMs
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here