समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १४ माघ ।

क्षीरेश्वरनाथ नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार संचालन तथा बजेट योजना तर्जुमा सम्बन्धी तिन दिने तालिम दिईएको छ ।

जनकपुरधामको मुजेलिया स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्रमा शुक्रवार देखि सुरु भएको उक्त तालिम आईतबार समपन्न भएको छ ।

कार्यक्रम समापन गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना श्रेष्ठ(माथेमा)ले नगरलाई कसरी राम्रो बनाउने र जनताले अपेक्षा गरे अनुसार विकासका कार्यक्रमहरूलाई सबै जनप्रतिनिधिहरु एकजुटभई अगाडि बढाउनु पर्ने बताउनु भयो ।

उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर अगाडि बढेमा नगरपालिका नमूना बन्ने बताए ।

नेपालको संघीय व्यवस्था अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको ऐन, कानून र अन्तरसम्बन्ध तथा स्थानीय तहका पदाधिकारीको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउने उदेश्यले नगरपालिकाले तालिमको अयोजना गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले जनाए ।

तालिममा १० वटै वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here