धनुष यज्ञ सम्पन्न

समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, २३ मंसिर ।
सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत तेस्रो दिन आइतबार जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा धनुष यज्ञ सम्पन्न भएको छ ।
त्रेतायूगमा रामले धनुष तोडेको र सीताले वरमाला लगाएको सम्झनामा विवाह महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाइन्छ ।


सोमबार चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौं दिन स्वयम्बर तथा शुभविवाह (विवाहपञ्चमी) र सातौं दिन राम कलेवाको आयोजना गरिने छ ।


रामले सभामा धनुष तोडेका थिए । मंसिर २६ गते हुने विवाह महोत्सवअन्तर्गत शुक्रबार विवाह महोत्सवको विधि सुरु भएको थियो ।

फोटो/भिडियो : चन्द्रदेव साह/न्यामिक यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here