समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, ३ पुस ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकामाथ बलात्कार भएको छ ।
घरमै रहेकी बालिकालाई सोमबार राति १० स्थानीय २५ वर्षका रोशन बस्नेत चकलेट दिने बहानामा घरबाट पर उँखुघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् । राईका अनुसार बालत्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणको लागि बालिकासंगै धरान पठाइएको छ ।

कसरी भयो घटना ?
स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टि बिहीन छीन् । राति जाँड खाएर मातेका बस्नते आफ्नो दाई विदेशबाट चकलेट ल्याई दिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढक्ढकार घर खोल्न लगाएका थिए । त्यसपछि बालिकालाई लिएर पर उँखुघारीमा लगेर बालत्कार गरेका थिए ।
बालिकाकी आमा वस्नेतलाई आबाजले चिनेकी थिइन् । छोरी वेपत्ता भएपछि बालिकाकी आमाले गाउँलेलाई गुहारेकी थिइन् । समाजले तत्कालै प्रहरीलाइ खबर गर्नुको साथै खोजअनुसन्धान गरेपछि उँखुघारीमा बालिका रक्ताम्य एवं गम्भीर अवस्थामा नांगै फेला परेकी थिइन् । प्रहरीका अनुसार तत्कालै वस्नेतलाई समेत पक्राउ गरिएको थियो ।

साभार : टुडेपाटी

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here