सांकेतिक तस्वीर
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


धनुषामा एक बालिका बलात्कारको शिकार भएको खुलासा भएको छ । आईतबार दिउँसो क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरकी एक १४ बर्षिय बालिकाको शिकार भएकी खुलासा भएको हो ।

बलात्कारको आरोपमा महेनद्रनगर प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने ३३ वर्षीय राजकुमार साह रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले घटना बारे अहिले धेरै भन्न नमिल्ने प्रहरीले बताएको छ ।

आईतबार दिउँसो करिब १२ बजे नै बालिका बलात्कृत भएपनि सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि आरोपित साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । बालिका अहिले परिवारकैे जिम्मा रहेकी छिन् ।

आइतवार दिउँसो स्कुलबाट घर फर्केर महेन्द्रनगरस्थित घरमा पढदै गरेकी दिदी वहिनीलाई बेहोस बनाई ३३ वर्षीय राज कुमार साहले घरमा कोही नभएको बेला बलात्कार गरेको जनाईएको छ ।दिउँसो १२ बजे तिर हाबाहुरीले घरको छाना उडाएको बहाना बनाउँदै घरको पछाडीबाट प्रवेश गरेको साहलाई देखेपछि पीडित बालिकाले काका के कामले आउनुभएको भनेर सोधेकी थिईन् । तर घरको छाना हेर्दै केही नबोलेका केहीबेर पछि पीडित बालिका पानी लिएर कलबाट फर्के पछि साहले १४ वर्षिय बहिनीलाई बेहोस बनाई बलात्कार गरेको बताइएको छ ।

आरोपित साहलाई अनुसन्धानको लागी इलाका प्रहरी कर्यालय महेन्द्रगरमा राखिएको छ भने पीडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा मेडिकल गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here