समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा एक महिलामाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्नुको साथै कपाल मुण्डन गरि गाउँ घुमाएका छन ।

जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर २५ लोहना बस्ने अति गरिव परिवारकी करिव ३५ वर्षीय मुसहर परिवारकी महिलालाई गाउँलेहरु मिलेर कुटपिट गर्दै कपाल मुण्डन गरि गाउँ घुमाउने घटना वितेको राति नै भएपनि घटना भएपनि आइतवार दिउँसो एक महिलाअधिकारकर्मीले जानकारी दिएकी छिन । पिडित महिलाको श्रीमान मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालका अनुसार घटनाबारे जानकारी हुना साथ पिडित महिलालाई प्रहरीले उद्धार गरि घटनामा संलग्नहरुमध्ये ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लोहनाका ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीय लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजविर सादा, ३६ वर्षीय रंजित सादा, १९ वर्षीय सन्तोष सादा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here