समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राैतहट। दाइजोमा लाखौँ रुपैया ल्याए पनि सुत्ने पलङ्ग नल्याएको निहुँमा रौतहटमा १ महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।

शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङ्गको निहुँमा हत्या गरेर झुण्ड्याएको आरोप माइती पक्षले लगाएको छ । रौतहटको राजदेवी नगरपालिका ३ चण्डीहाका २४ वर्षीय विवेक तिवारीकी २२ बर्षिया श्रीमती निशा उपाध्याय तिवारीलाई माइतीबाट दाइजोस्वरुप सुत्ने पलङ्ग नल्याएको निहुँमा चरम यातना दिई हत्या गरी आत्महत्या बनाउन पासोमा झुण्डयाइएको आरोप माइती पक्षका दाजु दिलिप उपाध्यायले लगाएका छन् ।

रौतहटको गढीमाई नगरपालिका ५ मदनपुरका रामबाबु उपाध्यायकी भतिजी निशाको राजदेवी नपा चण्डिहा बस्ने विरेन्द्र तिवारीको छोरा विवेकसंग २०७३ साल फागुन २२ गते सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो । विहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराज लगायतका सामानहरु पनि दिए पनि सुत्नका लागि पलङ्ग नदिँदा पटक–पटक यातना दिने गरेको मृतककी भाउँजु रेखा तिवारीले दाबी गरिन् ।

छोरी निशालाई जेथानी सोनी तिवारी, श्रीमान विवेक र ससुरा विरेन्द्र मिलेर हत्या गरेको मृतककी आमा पार्वती देवीले दाबी गरिन् । पलङ्गको लागि पट–पटक यातना दिने गरेको र पलङ्ग ल्याउन माइती रबाट निकालेर माइती पठाउने गरेको पार्वतीले सुनाइन्। मृतक युवतीको शव जिल्ला अस्पतालमा गौरमा राखिएको छ ।

पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन् । माइती पक्षले अस्पताल र प्रहरीलाई पनि मिलाउन खोजेको आशंका गरेको छ । पत्रकारहरुले सत्यतत्य सावैजनिक गरी घटनाको निष्पक्ष छानबिन गर्न सहयोग गर्नुपर्ने अन्यथा मुद्धा गुपचुपमै मिल्ने आशंका माइती पक्षको रहेको छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले निशा तिवारीको मृत्यु भएको तर हत्वा वा आत्महत्या भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट पार्न सकिने बताएका छन् ।

घटनाको अनुसन्धान भईरहेको एसपी खत्रीले बताए । यो सामाचार क्रान्तिद्धार दैनिकमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here