समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २५ मंसिर ।
आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीनजना दलित विद्यार्थीलाई प्रदेश नं.२ को सरकारले आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीहरुलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गर्नु भएको छ । सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँल सहितको उपस्थिति रहेको थियो ।
छात्रवृतिमा नाम निकाली नेशनल मेडिकल कलेज विरंगजमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको आर्थिक सहयोग पाउनेहरुमा छिन्नमस्ता गाँउ पालिका वडा नं। २ बस्ने दिनेश मरिक डोम, सर्लाही इश्वरपुर नपा १ बस्ने रुकेश कुमार राम र प्रमोदकुमार राम रहेका छन ।
दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढने पहिलो व्यक्ति हुन भने रुकेश कुमार राम र प्रमोद कुमार राम दाजुभाई हुन ।
यसै बीच उपचार खर्चको आभावमा अपांग भएका महोत्तरी पिपराका शम्भू मिश्रलाई प्रदेश सरकारले उपचारको लागि ५० हजार उपलब्ध गराएको छ

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here