समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ४ पुस ।
तराई मधेसमा मौसम परिवर्तनले ह्वातै जाडो बढेको छ । यस साता एक्कासि बढेको बाक्लो हुस्सु र चिसोका कारण धनुषा सहित तराई–मधेसमा जाडो बढेर जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सु , बाक्लो तुसारो र घाम नै नउदाएपछि धनुषा लगायत तराई मधेशका जिल्लाहरुमा न्युनतम तापक्रम तल झरेर शहरी तथा ग्रामिन क्षेत्रका बासिन्दाहरुको जनजीवन कष्टकर बनेको हो ।

चिसोले बालबालिका र बृद्धबृदाहरु बढि प्रभावित बनेका छन् । दिनभर चल्ने शितलहर र हुस्सुका कारण सर्वसाधारण घरबाट काम विशेषले मात्र बाहिर निस्कन थालेका छन् । मौसम परिवर्तन भएर सर्वसाधारणलाई बढि चिसो अनुभव भएको र अटो रिक्सालगायतका यातायातको साधन सञ्चालनमा समेत कठिनाई भएपछि बजारमा सो यातायातका साधन सडकमा न्यूनमात्रामा देखिन्छ ।

यस्तै बाक्लो हुस्सुका कारण पूर्व पश्चिम राजमार्ग तथा जनकपुर–ढल्केवर सडक खण्डमा समेत यातायात प्रभावित भएको छ । बाक्लो हुस्सु लाग्नाले सवारी साधनको आवजतजावतमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिबिलीटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुडाई रहेका छन् ।

साथै चिसोले गर्दा विधालमा पठनपाठनमा समेत प्रतिकुल असर पर्दै गरेको शिक्षक शशिभुषण गुप्ता भन्छन् “बालबालिकाको स्वास्थ्यसमेत प्रभावित हुन सम्भावना देखिपछि बिधार्थीहरुको उपस्थिती पनि विधालयमा कम हुन थालेको छ” ।

चिसोका कारण जिल्लाको विभिन्न बजारहरुमा न्यानो कपडाको माग पनि बढेको व्यावसायीहरुको भनाई छ ।

जनकपुर लगायत धनुषाको बजारहरुमा अहिले रेडिमेड कपडा पसलहरुमा जाडोको कपडा किन्नेहरुको भिड देखिन्छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजरको बिक्रि बढेको धनुषा महेन्द्रनगर स्थित बिषण रेडिमेडका संचालक विषण श्रेष्ठले बताएका छन् ।

अन्य समयमा ग्राहक कुरेर बस्ने पसलेहरु चिसो बढेपछि भने हर्षित देखिएका छन ।पसलेहरुले ग्राहकहरुलाई जाडोको न्यानो कपडा देखाउन भ्याई नभ्याई भएको छ ।

यस्तै जाडोमा न्याने कपडा लगाउने तातो खाने कुरा खाने र चिसोमा दढी हिडडुल नगर्न तथा न्यानोठाउँमा बस्न स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।

मौसम परिवर्तन भएपछि एक्कासी जाडो बढेपछि सहन नसकि विभिन्न स्थानहरुमा सर्वसाधारणहरु आगो बाली ताप्दै गरेको प्रस्शतै देखिन्छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here