समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


विराटनगर, १४ माघ ।

टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको ज्यान गएपछि विराटनगर क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।

बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्कर पछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ११ बजेबाट जारी निषेधाज्ञा अर्को आदेश नभएसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् ।

उक्त क्षेत्रमा स्थानीय प्रशासनले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रजिअ केसीका अनुसार विराटचोकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको छ । तर, स्थानीयले निषेधाज्ञाको अवज्ञा गरेर प्रदर्शन गरिरहेका छन् ।

बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्कर पछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ११ बजेबाट जारी निषेधाज्ञा अर्को आदेश नभएसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् ।

उक्त क्षेत्रमा स्थानीय प्रशासनले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रजिअ केसीका अनुसार विराटचोकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको छ । तर, स्थानीयले निषेधाज्ञाको अवज्ञा गरेर प्रदर्शन गरिरहेका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here