समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

काठमाण्डौं, २० माघ ।

नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले पहिलो टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत हात पारेको हो। 

टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालका जितमा करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए। 

टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालबो ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए। 

१०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए। वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो ।

नेपाललाई जिताउने क्रममा कप्तान पारस खड्काले १४ बलमा सर्वाधिक २९ रन बनाए । सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए ।

खराब सुरुवात गरे पनि कप्तान पारस र सन्दीपले ब्याटिङ सम्हाले। कप्तान खड्का पाँचौ ओभरको अन्तिम बलमा आउट भए। १४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन् ।

पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए। पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्। 

ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी ३ बलमा २ रन बनाएर आउट भए भने शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए। छैटौं विकेटको रुपमा करण केसी पाँच बलमा १० रन बनाएर आउट भए । बिनोद साताै विकेटकाे रुपमा १३ बलमा २१ रन बनाएर आउट भए । आठाै विकेटकाे रुपमा सोमपाल कामी शून्य रनमै आउट भए ।

 नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनकाे लक्ष्य पछ्याउने क्रममा यूएई ९० रनमा समेटिएको हो । यसअघि पानी परेर ओसिलो भएको मैदानमा टस जितेर युएईले पहिले बलिङमा जाने निर्णय गरेपछि नेपालले ब्याटिङ गरेको थियो । 

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएईका ओपनरले गतिलो सुरुवात गरेका थिए । युएईका लागि ओपनर घुलाम सबेरले १५ बलमा २५ रनको योगदान निए । त्यसैगरी साइमान अनवरले २० बलमा ३० रन बनाउन सफल भए । त्यसैगरी मोहम्मद बुताले ९ बलमा ११ रनको योगदान दिए । 

नेपालका लागि ऐतिहासिक जित दिलाउने क्रममा करण केसी, अविनाश बोहरा र ललित राजवंशीले समान २/२ विकेट लिए । पहिलो ओभरमा महँगो सावित भएका सन्दीप लामिछानेले पनि एक विकेट लिन सफल भए । उनले २ ओभर बलिङ गर्दै २३ रन दिएर सबैभन्दा महँगा सावित भए ।  

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो। अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले शृंखला १-१ को बराबरीलाई तोड्दै नेपालले २-१ को जित निकालेको हो। 

टीट्वान्टी शृङ्खलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो। यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको थियो। 

नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको हो ।

नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३-१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १-० ले गुमाएको थियो। 

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here