समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । औधोगिक, कृषि, पर्यटन, कला संस्कृती तथा व्यापार प्रवद्धनको लागी चैत ८ गतेदेखी बर्दिवासमा जारी दोश्रो बर्दिवास महोत्सवमा बुधवार चर्चित कलाकार ज्याेति मगरले दर्शकलाई भरपुर मनोरंजन दिए ।

बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा संचालन भईरहेको महोत्सवमा खचाखच भरिएका दर्शकलाई गायिका ज्याेति मगरले छमछमी नचाए ।

२ सय भन्दा बढि व्यापारीक स्टलहरु रहेको महोत्सव संचालन भएको छैठाै दिनसम्म ३० देखी ३५ हजार मानिसले महोत्सव अवलोकन गरीसकेका महोत्सव आयोजक समितिका सदस्य सुदिप कार्किले जानकारी दिए ।

अघिल्लो सालको महोत्वसवमा भन्दा यो साल स्थानिय धार्मिक प्रदर्शनि, कृषि प्रदशनी, स्थानिय उत्पादनका सामाग्रि, र खेल सामाग्रि पनि बढि रहेको सदस्य कार्किले बताए ।

प्रदेश नं २ का प्राय जिल्लाबाट दर्शकहरु अवलोकन गर्न आईरहेका महोत्सवलाई एक लाख मानिसले अवलोकन गर्ने आयोजक समितिले लक्ष्य लिएको छ । चैत ८ गतेबाट शुरु भएको महोत्सव चैत १८ गतेसम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here