समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम, ३० पुस ।

भुकम्पीय जोखिममा नेपाल ११औं जोखिममा रहेकाले गर्दा जोखिम प्रतिरोधात्मक भवन र घर बनाउनका लागि जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेका छन ।

जनकपुरधाममा भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाले भुकम्पीय जोखिम व्यवस्थापनका लागि स्थानिय संचारकर्मीहरुका लागि आयोजना गरेको तालिम कार्यशाला गोष्ठिमा बोल्दै मेयर साहले नेपालमा २०७२ सालमा सिन्धुपाल्चौक र गोरखालाई लक्षित गरि भुकम्प भएको भएपनि तराइ मधेशमा वि.सं १९९० मै गएको आधार मानिएको छ ।

वि.सं.१९९० पछि तराइ मधेशमा निमार्ण गरिएका लाखौ भवन भुकम्पीय दृष्टिकोणले निकै जोखिममा रहेकाले गर्दा नयाँ निमार्ण हुन लागेको भवनलाई भुकम्प प्रतिरोधात्मक तरिकाले निमार्ण गरिनुपर्नेमा जोड दिएका छन । जनकपुरमा समेत हजारौ घरहरु विना पिलर या आरसिसि विनाको तीन तल्लासम्म बनाइएकाले गर्दा सचेत हुन जरुरी रहेको बताएका छन ।

जनकपुरमा जानकी मंदिर वरिपरि ३५ र ५५ फिटभन्दा अग्लो भवन बनाउन रोक लगाइएपनि अहिले सो बन्देज फुकुवा भई सकेकाले गर्दा जनकपुरमा समेत ठुल ठुला कर्पोरेट हाउस, सुपर मार्केट, लगायतको हाउजिङ्गलगायतका भवन निमार्णमा अत्याधुनिक तरिकाले गुणस्तरिय बनाउन आग्रह गरेका छन ।

कार्यक्रममा भुकम्प प्रविधि राष्ट्रिय समाजका सुचना अधिकारी महानन्द तिम्लसिनाले १९७१ देखि २०१७ सम्ममा २७ हजार १ सय ६३ वटा विपदका घटनामा परि ४४ हजार एक सय १९ जनाको मृत्यु भएको बताएका थिए । जसमध्ये २०७२ कै भुकम्पमा ८ हजार ८सयसहित ९हजार ७ सय १८ जनाले भुकम्पकै पराकम्पमा परि मरेका बताएका छन । अहिलेसम्मको अध्ययन अनुसार भुकम्पका बेलामा ९८ प्रतिशत मृतकको घरमै किचिएर मृत्यु भएकोा पाइएको बताएका छन । जनकपुरमा गत २५ वर्षको अवधिमा विभिन्न विपदका घटनामा परि ९२ जनाको मृत्यु भएको छ भने २ सय ४४ जना घाइते भएको तिम्लसिनाले जानकारी दिएका छन ।

आयोजित तालिमका क्रममा दिएको तथ्याकअनुसार सन् २०१२ जनकपुरधामलगायत ३० नगरपालिकामा गरिएको अनुसन्धानअनुसार भवन निमार्ण संघियताअनुसार १५ प्रतिशत घर निमार्ण भएको पाइन्छ भने सन् २०१४ मा गरिएको सर्वेक्षणमा ३६ प्रतिशत र २०१६ मा गरिएको सर्वेक्षणमा ७९ प्रतिशत नयाँ बन्ने भवन र घरहरु भुकम्प प्रतिरोधात्मक रुपमा निमार्ण गरिएको बताएका छन ।

कार्यशालामा तालिमको क्रममा आरसिसि होस आ विना पिलरको घर निमार्ण गर्दा प्राविधिकहरुको सल्लाह लिनु अति आवश्यक रहने गरेको बताएका थिए । विना प्राविधिकको सहयोगमा बनाइने भवन र घरहरु भुकम्प प्रविधि नहुने र आवश्यक नहरेको ठाउँमा समेत पिलर र विमको प्रयोगले गर्दा बन्ने घरमा आर्थिकको साथै आपत विपतको वेलामा समस्या ल्याउने भएकाले गर्दा थोरै लगानी प्राविधिक सहयोगमा गर्न सके भविष्यको जोखिम र लाखौ खर्चबाट जोगिने भएकाले गर्दा भवन निमार्णमा प्राविधिक सल्लाह लिनु आवश्यक रहेको बताएका थिए ।

कार्यशाला तालिममा जनकपुरधाम उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर विरेन्द्र यादवले हामी घर निमार्ण गर्दा प्राविधिकको सल्लाह नलिई मिस्त्री र डकर्मीको सल्लाह अनुसार बनाउने गरेकाले गर्दा भुकम्पीय दृष्टिकोणले खतरा रहेको बताएका छन ।

घर निमार्ण गर्दा टाइल्स र मार्वलमा गरिदै आएको फजुल खर्च विम र पिलरको साथै गुणस्तर समान लगाउन सकेको खण्डमा भुकम्पीय प्रतिरोधात्मक घर निमार्ण धैरै रकम नपर्ने बताएका थिए ।

नयाँ बन्ने घर आरसिसि बनाउनुपर्नेमा जोड दिदै उनले विना पिलरको घर एक तल्लासम्मको सिमेन्टको साथै अन्य समाग्रीको बढी प्रयोग गरि भुकम्पीय दृष्टिकोणले बनाउन सकेपनि ३ तल्ला वा हजार फिटभन्दा बढी भएको खण्डमा प्राविधिक सहयोग लिनु नै वेश हुने बताएका थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here