समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २० पुस ।

जानकी मेडिकल कलेज रमदैयामा इन्टर्नसीप गरिरहेका डा. राकेश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती साढे ११ बजे तिर मादक पदार्थ सेवन गरी सोही कलेजका एक बिद्यार्थीलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

भर्खरै एम.बि.बि.एस. प्रथम बर्षमा भर्ना भएका बिद्यार्थी निर्मल कुमार रामलाई गाली गलौज तथा कुटपिट गरी कोठाको कुर्सी समेत भाँचेको र नयाँ बिद्यार्थीहरुलाई लाईब्रेरी प्रबेश गर्न नदिने, क्यान्टिनमा खाजा खान नदिने, अगाडीबाट हिड्दा शिर निर्हुयाएर हिड्नु पर्ने, केटीहरुलाई जिस्काउने, कुटपिट गर्ने लगायत मानसिक र शारिरीक यातना हुने गर्रि यागिङ्ग गर्ने गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पाण्डेलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उक्त कार्यमा संलग्न अन्य समेतको पहिचान हुनासाथ तत्काल पक्राउ गरि कारवाही हुने जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here