समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिरहा : सिके राउत नेतृत्वको जनमत पार्टीले भोली (शनिबार) सिरहामा जनसभा गर्न लागेको छ । राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैयास्थित मोहन माविमा जनसभा गर्न लागेको हो ।

भोली (शनिबार) हुने जनसभाको सम्पुर्ण तयारी पुरा भएको मञ्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले बताए । जनसभालाई सम्बोधन गर्न राउत शनिबार मिर्चैया आउने बताईएको छ ।
सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा आएका राउत सम्बोधन गर्ने जनसभाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनसभा मुल आयोजक समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले बताए । जनसभामा ठूलो संख्यामा जनमास उतार्ने लक्ष्य बमोजिम व्यवस्थापन गरिएको उनले दाबी गरेका छन् ।

जनसभा स्थल मोहन मावि मिर्चैयाको प्राँगनमा विशाल पण्डाल बनाइएको छ भने नगरको बिभिन्न भागमा स्वागतद्वार निर्माण गरिएको छ ।

राउतको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेपछि जनमत पार्टी गठन गरेर ‘जनमत दो, आजादी लो’ नारा सहित अघि बढेको छ । नेपाल सरकारसंग सहमति पश्चात लहानमा दुई दिनसम्म बसेको बैठकले जनमत पार्टी गठन गरेका थिए ।

सुरक्षा व्यवस्था कडा
शनिबार हुने सिके राउत नेतृत्वको जनसभालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ । ईलाका प्रहरी कार्यालय मातहतका सम्पूर्ण चौकीहरुको सुरक्षाकर्मीलाई आवश्यकता हेरी परिचालन गरिएको बताइएको छ । अवस्था हेरी आवश्यक परे अन्यत्रबाट पनि थप सुरक्षाकर्मी बोलाउन सकिने प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here