समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १३ का वडाध्यक्ष शुभनारायण मण्डलको घरमा प्रहरीले खानतलासी गरेर उनका छोरा र भतिजालाई प्रक्राउ गरेको छ ।

आज शनिवार साँझ घरमा पुगेका प्रहरीलाई वडाध्यक्ष मण्डलका आफन्त र स्थानीयले अवरोध गरेका थिए । तर अवरोध छल्दै प्रहरीले घरमा खानतलासी गरेर वडाध्यक्षका छोरा रोषण मण्डल र उनका भतिजा बिकी मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनाले स्थानीय नगिना राउत र जितनारायण राउतलाई केहिदिन अगाडी कुटपिट गरेका थिए । कुटपिट गरेका कारण उनी दुवैजना विरुद्ध उजुरी परेकाले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ । जितनारायण नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका थिए ।

नगिना र जितनारायण दाजुभाई हुन् । राजनीतिक लफडा र विगतमा भएको निर्वाचनको रिसइबीका कारण विवाद भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना विषयमा वडाध्यक्ष मण्डलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

साभार : लाइभ मधेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here