समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत पुल चौकमा युवाहरुले प्रदर्शन गरेका छन् ।बैशाखमै हिड्न नसक्ने गरि बाटोमा हिलो भएपछि उनिहरुले प्रदर्शन गरेका छन् । नाला व्यवस्थापन नभएपछि बाटोमा हिलै हिलो भएको छ ।युवाहरूले बिहान करिब २ घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण बिद्यालयको गाडी समेत चल्न नदिदा बिद्यार्थीहरु हिडेर गएको थियो ।उपमहानगरपालिका संग सडक ब्यवस्थापन र नाला ब्यवस्थापनको माग गर्दै सन्तोष पुर्वे, सुजित साह, लक्ष्मण मण्डल, रवि साह, सुजित मण्डल, छोटु महरा, सितेश यादव, अवधेस यादव लगायत स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here