समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । घुस लिंदै गर्दा जनकपुर स्थित रहेको घाँसेबारी बीउ विजन प्रयोगशालाका एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
जनकपुरको कदचोक स्थित रहेको राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशालामा कार्यरत वरिष्ठ पश विकास अधिकृत डा. राम गुलाम यादव र पशु प्राविधक जोगश्वर चौधरीलाई अख्तियारले पक्राउ गरेका हुन् । यी दुवै कर्मचारीलाई सेवाग्राहीबाट घुस लिंदालिंदै रँगेहात पक्राउ परेको जनाइएको हो ।
अधिकृत डा. रामगुलाम यादव र पशु प्राविधिक चौधरीले काम सम्पन्न भईसकेको कार्यको भुक्तानी आदेश वापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम मागिरहेको गोप्य सूचनाको आधारमा महोत्तरीको बर्दिवासबाट खटिगएको अख्तियारको टोलीले दुवै कर्मचारीलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल काठमान्डौका प्रवक्ता प्रदीप कुमार कोइरालाद्धारा जारी गरिएको डिजिटल प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु एक सेवाग्राहीबाट काम गरिदिएको वापत सम्पन्न गर्नको लागि पनि रु. ४० हजार रुपैयाँ मागेको सूचनाको आधारमा टोलीले दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका ४ बिषहाराचोक नजिकैबाट नियन्त्रणमा लिएको जनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here