समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सुमित मिश्र

जनकपुरधाम, १३ पुस ।

धनुषामा राष्ट्रिय जनता पार्टी नेपालकै कार्यकर्ताले राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले बिना कारण धनुषा पार्टीका अध्यक्ष मण्डलका एक सदस्य सदस्यलाई पदबाट हटाएकोमा विरोध जनाउँदै पुतला दहन गरेको हो ।

राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डलको स्थानमा बिद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु)लाई मनोनित गरिएको विरोधमा पुतला दहन गरेको जनाएको छ ।

धनुषा जनकपुरधाम स्थित जनक चोकमा राजपाकै नेता तथा कार्यकर्ताहरुले साँझ ६ः३० बजे महतोको विरोध गर्दै पुतला दहन गरेको हो । तत्कालिन अध्यक्ष मण्डलका संयोजक मण्डलले बिना कारण आफुलाई हटाएकोमा विरोध जनाउँदै पुतला दहन गर्न बाध्य भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘लामो समय देखि संघर्ष गर्दै आईरहेको छु, मधेशी जनताको निमित्त आफ्नो सम्पुर्ण त्याग र तपस्या लगाएको छु तर त्यसको बदलामा मलाई नै पार्टीको जिम्मेवारीबाट हटाउनु घोर निन्दनीय छ ।’

भिडियोमा हेर्नुहोस् मण्डलको प्रतिकृया :-

https://www.youtube.com/watch?v=ohIKeNJy4E4


हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here