समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ९ पुस ।

एल एण्ड एन मोडेल एजेन्सीको आयोजनमा भ्यालेनटाईन स्पेशल जनकपुर फेसन सो एण्ड म्युजिकल नाईट हुने भएको छ ।

उक्त सो का लागि यहि शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म जनकपुरधामको होटेल वेलकममा अडिसन हुने भएको छ ।

फेवरवी १४ मा भ्यालेनटाईको अवसरमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । यस फेशन शोमा सेलेब्रेटी मोडल र नायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक एल एण्ड एन मोडेल एजेन्सीका म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जनाएको छ ।

उक्त फेसन सोमा सांगीतिक कार्यक्रमको समेत हुने भएको छ । फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन ।

प्रतियोगीहरुले विश्वमा फेसनको कस्तो ट्रेण्ड चलिरहेको छ भन्ने पनि थाहा पाउँछन् भने अरूबाट आफूले सिक्ने र आफ्ना चिज अरूलाई देखाउने प्लाटफर्म बन्न सक्ने कर्णले जनाएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here