समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राजकमल सिंह
जनकपुरधाम, ३ पुस ।

यातायात क्षेत्रको सिण्डिकेट अन्त्यका लागि खरो रुपमा सरकार उत्रेपनि राज्य निकायकै मिलोमतोमा जनकपुरबाट चल्ने बसमा सिण्डिकेट कायमै छ ।

सिण्डिकेट विरुद्धको सुरुवाती चरणमा निकै सक्रिय बनेको सरकार पछिल्लो समय सिण्डिकेट तोड्न असफल भएको देखिन्छ ।

सिण्डिकेट हटाउने सरकारको निर्णयलाई जनकपुर यातायात व्यवसायी संघले टेरपुच्छर लगाएका छैनन् । सरकारले यातायात प्रा.लि. वा कम्पनीमा दर्ता गराएर बस चलाउन पाउने कानूनी प्रावधान ल्याएको छ । यद्यपी, सिद्धार्थ गौतमबुद्ध यातायाता सेवाकेन्द्र प्रा.लि. राजविराजबाट संचालन गर्न लागेको बसलाई जनकपुरमा रोक लगाउँदै आएका छन् । जनकपुर बाट राजविराज सम्म बस संचालनको लागि बस ब्यवसायी संघले ६ लाख रकम माग्दै आएको बस संचालक दिप कुमार साहको गुनासो छ ।

सिण्डिकेट विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई समेत जानकारी गराउँदा पनि बस चल्न नदिदाँ ऋणमा डुब्ने त्रास बढेको साहले बताए ।

जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी जनकपुर—राजविराज सम्म बस संचालनको लागि समय तालिका खालि नरहेकाले नयाँ रुट प्रमिट नदिएको जिकिर गरे । यद्यपी आफुले ६ लाख रकम नमागेको दावी गरे ।

बस संचालकले स्थानीय प्रशासनलाई जानकारी गराए मात्र आफुहरु एक्शनमा आउने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बताउँछन् ।

सिण्डिकेटको गतिलो दृष्य जनकपुर सहित प्रदेश नम्बर २ का जिल्लाहरुमा प्रष्ट देखिन्छ । प्रदेश २ मा सिण्डिकेट खारेज कार्यान्वयनमा आउन सकेको छ्रैन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठकै जिल्लामा सिण्डिकेट हट्न नसक्नु सरकारको असफलता हो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here