समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । आईजीपी खनालसहित सुरक्षा अधिकारी जनकपुरमा, आजदेखि सुरक्षा गोष्ठी सुरु
जनकपुरधाम । प्रदेश स्तरीय सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आजदेखि सुरु भएको छ ।

प्रदेश २ को राजधानी जनकपुरमा सुरु भएको सो गोष्ठीका सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल जनकपुर आएका छन् ।

बैठक सुरु हुनुपूर्व खनाल पूजा(आजा गर्नको लागि जानकी मन्दिरमा पस्नुभएको थियो । उहाँलाई मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले स्वागत गरेका थिए ।

आजदेखि जनकपुरस्थित होटल शीतशरणमा दुई दिनसम्म चल्ने सुरक्षासम्बन्धी बैठकका लागि प्रदेश–२ का आठ ओटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखहरु, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला प्रमुखहरु समेतको उपस्थिति रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले बताए ।

कनेलका अनुसार आज आन्तरिक बैठक र भोलि औपचारिक कार्यक्रम हुने छ । जनकपुरमा अहिले सुरक्षा व्यवस्था अन्य दिनको तुलनामा कड़ा बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here