समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।




जनकपुरधाम, ६ माघ । जनकपुरमा आर.एफ ‘फेसन सो’ सम्पन्न भएको छ । युवाहरुलाई मोडलिंग तिर आकर्षण बढाउन तथा मोडलिंग गर्न इच्छुक रहेकाहरुलाई प्लेटफर्म दिने उदेश्यले आर.एफ.ले आयोजना गरेको कार्यक्रममा जनकपुरका दुई दर्जनभन्दा बढी युवायुवतीहरुले र्याम्प वाक गरेका थिए ।

शनिवार अबेर राती रुपम फिल्म प्रोडक्सनमा शुरु भएको फेसन शो मा जनकपुरका १५ जना नयाँ युवायुवतीले पहिलो पटक र्याम्प वाक गरि मोडलिंगको शुरुवात गरेका थिए ।

ब्राईटगल्याम नेपालको प्रबन्धनमा गरिएको कार्यक्रममा दर्जनौ नृत्यका साथै अतिथीका रुपमा उपस्थित भारतका चर्चित लक्की शेष र राजु सरार्फले र्याम्प वाक गरी फेसन शोका दर्शकलाई झुमाएका थिए । यस्तै, मोडेल पुजा ठाकुर, पुष्पा यादव, जुली यादव प्रेम सिंह, माही तनवीर खान, प्रशना कार्की, मधु ठाकुर, आशु सिंह र जनकपुर आईकनका फ्रस्ट रनरअप अकिंत गिरीले र्याम्प वाक गरे ।

बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको प्रमुख अतिथीमा सम्पन्न भएको आर.एफ ‘फेसन सो’
जनकपुरमा पहिलो पटक आयोजना गरिएको आयोजक विपिन कर्णले स्थानीय युवाहलाई फेसन तिर आर्कषण तथा मोडेलिंगमा लागेकाहरुलाई प्रोत्साहित गर्न प्रयास रहेको जनाएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here