समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १० पुस ।
येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा जनकपुरधाम सहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस उल्लासपूर्वक मनाइँदैछ ।

यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।

येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।

विसं २०६२÷०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।

क्रिस्मसको पूर्व सन्ध्यामा विद्यार्थी क्रिस्मसको पूर्व सन्ध्यामा काठमाडौँको सिटीसेन्टरमा मिकी माउस र सान्ता क्लजको वेशभूषामा नृत्य गर्दै कलेजका विद्यार्थी । तस्बिर ः प्रदीपराज वन्त, रासस

नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए ।


क्रिसमस (Mithila Shalom A.g Church, Providence Evangelical Church, Mithila Christian Janakpur Church, Nirmal Church, Friends Evangelical Church) लगायतका चर्चमा छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here