समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।



जनकपुरधाम,१४ माघ ।


मैथिली विकिास कोषको आयोजनमा जनकपुरमा साहित्य कला तथा अन्तर्रा्ष्ट्रिय नाट्य महोत्सव हुने भएको छ ।

महोत्सव फागुन १८ गतेदेखि २३ गते सम्म चल्ने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।
६ दिनसम्म चल्ने महोत्वसमा १० वटा नाटक मञ्चन गरिनुका साथै राजनीति, कला, संस्कृति, भाषालगायतका विषयमा गहन छलफल गरिने उनले बताए । अध्यक्ष चौधरीका अनुसार महोत्सवमा नेपाल तथा भारतका साथै बंगलादेश र अफगानिस्तानका नाट्य समूहरुको समेत सहभागीता रहने छ ।

महोत्सवमा सहभागी हुन श्रीलंका र केहि युरोपियन मुलुकलााई आमन्त्रण गरिएपनि जनकपुरमा उपयुक्त थिएटर हल नभएकाले आउन नमानेको अध्यक्ष चौधरीले बताए । महोत्सवमा भारतबाट आउने नाट्य समूहले हिन्दी, भोजपुरी र मैथिली गरी तीनवटा नाटक मञ्चन गर्नेछन्।

यसैगरी बंगलादेश र अफगानिस्तानबाट आउने नाट्य समूहले आफ्नै भाषामा नाटक मञ्चन गर्ने बताइएको छ। यसैगरी काठमाडौंबाट सहभागी हुने नाट्य समूहले नेपाली र जनकपुरको टोलीले तीनवटा मैथिली नाटक मञ्चन गर्ने कार्यक्रम तय भएको कोषका अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

महोत्वसमा नेपाल तथा भारतका विद्वानहरुले कला, संस्कृति, भाषा, राजनीतिलगायतका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा भाषाविद् डा.रामअवतार यादव, राजनीतिक विश्लेषक सीके लाल, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमललगायतका व्यक्तिहरुको सहभागिता रहने बताइएको छ ।

यसैगरी महोत्सवमा नेपाल तथा भारतका कलाकारहरुले दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक मैथिली विकास कोषले जनाएको छ। मैथिली विकास कोषले यसअघि २०७३ सालमा पहिलो पटक कला साहित्य एवं नाटक महोत्सवको आयोजना गरेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here