समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ५ माघ । प्रथम मधेस आन्दोलनका पहिलो शहिद रमेश महतोको स्मृतिमा जनकपुरमा युवाहरुले भव्य रुपमा बलिदानी दिवस मनाएका छन् । उक्त अवसरमा आयोजित कवि गोष्ठिमा सहभागिहरुले भानु चौकलाई अब रमेश चौक नामाकरण गर्न जोड दिएका छन् ।

राजपाका युवा नेता प्रशान्त झाको अध्यक्षता र युवा कवि समाज जनकपुरधाम एवं जिल्ला युवा संजाल धनुषाको सहकार्यमा आयोजित कवि गोष्ठिमा सहभागि युवा कवि तथा साहित्यकाहरुले शहिद रमेश महतोको शहादतलाई सार्थक तुल्याउन भानु चौकको नाम परिवर्तन गरेर शहिद रमेश चौक राख्न सम्बन्धित पक्ष संग मांग गरेका छन् । मधेस आन्दोलनको सुरुवाती चरणमा भानु चौकको नाम रमेश चौक घोषणा गरिएपनि कार्यन्वयनमा फितलो देखिएकाले जनकपुरधाम उपमहानगरपालिका र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि राजपाका प्रदेश सांसद सुनिता साहले मधेसको अधिकार अझै पुरा हुन नसकेको स्विकारदै युवाहरुलाई यस प्रति सजग र अगाडि आउन आग्रह गरे । भानु चौकको नाम अब रमेश चौक राख्न उपमहानगरपालिका तथा प्रदेश सरकारलाई युवा नेता प्रशान्त झाले आग्रह गरे। रमेश महतोको बलिदानीलाई युवाहरुले उर्जाको रुपमा लिएर यस प्रदेशको शासन, प्रशासन तथा विकासमा सहभागिता बढ्दै गएको बताए । यद्यपी, संविधानमा मधेसको अधिकारी अझै थप्न बांकी रहेको प्रति केन्द्रिय नेतृत्व यसलाई अंगिकार गर्ने विश्वास राखे । ‘सत्ता परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन्’ युवा कवि फुलगेन महतोले भने अव युवाहरु अग्रगामि हुनुपर्छ र अवस्था परिवर्तन गर्नुपर्छ । जनतालाई विकास र अधिकारीको अनुभूति दिलाउनु पर्छ ।


कार्यक्रममा कवि सत्रुधन मुखिया, फुलगेन महतो, उदय यादव, अरविन्द यादव, राजकुमार साह, रामशरण मण्डल लगायतका कवि तथा साहित्यकारहरुले आ—आप्mनो कविता, मुक्ततक, गजलहरु प्रस्तुत गरेका थिए । यसैगरी, कार्यक्रममा राजपाका केन्द्रिय सदस्य संजय चौधरी, संघिय समाजवादी फोरमका युवा नेता रविन्द्र अरगडिया, राजपाका मनोज साह, किशन साह र युवा संजालका सचिव कुलदिप साह लगायतका युवाहरु सहभागि थिए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here