समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ पुस ।
राजपाका भातृ संगठन राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय महासचिव उपेन्द्र साहले जनकपुरधाम उपमहानगरपालिका अधिकांश वडा अध्यक्षहरु स्थानीय तह ऐन नियमावली विपरित गतिविधिमा संलग्न रहेको टिप्पणी गरेका छन् ।

कमिशनमा चुरलुम्ब डुबेका वडा अध्यक्षहरुको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा विभिन्न निर्माणको तथ्याँक झिकाएर कडा कारवाही गर्न उपमहानगरपालिकाका मेयर लालकिशोर साह समक्ष आग्रह गरेका छन् ।

जनताको सहजताका लागि स्थानीय तहका पदाधिकारी निर्वाचित भएपनि जनकपुरधाम उपमहानगरपालिकाका वडा नं.१, २, ४, ८ सहित १६ वटा वडामा आर्थिक हिनामिना भएको महासचिव साहको तर्क छ ।

जनतालाई घरबाटो सिफारिस, नागरिकता सिफारिस लगायतका समेत रकम लिएर मात्र सिफारिस दिने गरेको पाइएकाले उक्त वडा अध्यक्षहरुमाथि छानविन समिति गठन गरी कारवाही गर्न मेयर साह संग मांग गरेका छन् । मेयर साहले आफुहरुको मांग प्रति गम्भिर नभए वडा अध्यक्ष विरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

यतिमात्र नभएर कतिपय वडा अध्यक्षहरु बैठक नै नगरी बैठक भता बुझदै आएको समेत जानकारी गराए ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here