समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मुम्बई । बलिवुड फिल्म ‘अन्धाधुन’ चीनको बक्सअफिसमा सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ ।

आयुष्मान खुराना, तब्बू र राध‍िका आप्टे स्टारर यो फिल्मले अहिलेसम्मकै सबै रेकर्ड तोड्दै चीनमा तीन सय करोडको ब्यापार गरेको छ । सबैभन्दा बढी कमाईको मामलामा अब यो फिल्मभन्दा अगाडि मात्र दुईवटा फिल्म छ । 

बलिवुड फिल्म विश्लेषक तरण आदर्शले चीनमा ‘अन्धाधुन’ ले चीनमा अहिलेसम्म ४३.४५ मिलियन डलर कमाएको बताएका छन् । यो आदर्शले यस फिल्मको अब ५० मिलियन डलर कमाईको बेन्चमार्क बनाउने अवसर रहेको बताएका छन् । फिल्मले तेस्रो हप्तामा फिल्मले शुक्रवार १.६१ मिलियन डलर, शनिवार ३.४५ मिलियन डलर र आइतवार २.९३ मिलियन डलर कमाएको छ । 

भारतमा ७५ करोड कमाएको यो फिल्मले अहिलेसम्म चीनको बक्सअफिसमा भने ४३.४५ मिलियन डलरको कमाई गरेको छ । अर्थात् फिल्मले करीब ३०३ सय करोड भारतीय रुपैयाँ कमाई सकेको छ ।

यो कमाईसँगै ‘अन्धाधुन’ ले चीनमा सबैभन्दा कमाई गर्ने तीन भारतीय फिल्ममा आफ्नो स्थान बनाएको छ । यो फिल्मले सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ लाई समेत उछिनेको छ । 

अब चीनमा सबैभन्दा बढी कमाई गर्ने भारतीय फिल्ममा ‘अन्धाधुन’ भन्दा अगाडि आमिर खानको ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ छ । आमिर खानलाई चीनमा धेरै रुचाइएका बलिवुड अभिनेताको रुपमा लिइन्छ । दंगलले चीनमा १२ सय २० करोडको कलेक्सन गरेको थियो भने आमिर खानकै अर्को फिल्म सेक्रेट सुपरस्टारले चीनमा ७३६ करोड कलेक्सन गरेको थियो । त्यस्तै सलमान खानको बजरंगी भाइजानले चीनमा २९५ करोड र इमरान खानको हिन्दी मिडियमले २१८ करोड कलेक्सन गरेको थियो । 

यो लिस्टमा चौथो नम्बरमा ‘बजरंगी भाईजा’न र पाँचौ नम्बरमा इरफान खानको फिल्म ‘हिन्दी मिडियम’ छ ।

‘अन्धाधुन’ ३२ करोडमा निर्माण भएको फिल्म हो । श्रीराम राघवनको निर्देशनमा बनेको फिल्ममा आयुष्मानले एक पियानो प्लेयरको भूमिका निभाएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here